तीन तारे भूपू जर्नेलले किन फाले ज्यान ?

तीन तारे भूपू जर्नेलले किन फाले ज्यान ?

एक जना अवकाशप्राप्त जर्नेलले आत्महत्या गरेका छन् । तीन तारे जर्नेल बलदेवराज महतले गए राति आत्महत्या गरेका हुन् । घरमै आत्महत्या गरेका उनलाई तत्काल मण्डिखाटार नजिकैको ह्याम्स अस्पताल पुर्याइएको थियो । अहिले महतको शव महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालममा पोष्टमार्टम भइरहेको छ । आत्महत्याको कारणबारे केही कुरा खुलिसकेको छैन ।

केहीले वीर अस्पताल र नयाँ सडक गेटको बीच,महाँकालस्थित त्रिचन्द्र सैनिक अस्पताल भवन निर्माणपछि वरपरका पसल कवल भाडामा लगाउने प्रकरणवारे भइरहेको छानबिनमा महतलाई समेत मुछ्न खोजिएपछि बढ्दो तनाव र डिप्रेसनको आशंका गरेका छन् । अहिले यो उमेरमा उनको आत्महत्यावारे सोही विषयको तनावसङ्ग जोडेर हेरिएको जङ्गी अड्डामा चर्चा छ । केही समयअघिसम्म काठमाडौं,बागबजार निवासी महत पूर्वराष्ट्रपति डा. रामवरण यादवको एडीसी थिए ।

टिप्पणीहरू