दार्चुलाका १२ प्रतिशत जनता बालबिबाहको पक्षमा

दार्चुलाका १२ प्रतिशत जनता बालबिबाहको पक्षमा

दार्चुलामा बालविवाह न्यूनीकरणका लागि मतदान गरिएको छ । उमेर नपुग्दै विवाह गर्ने क्रम बढ्दै गएको भन्दै मालिकार्जुन गाउँपालिकामा बालविवाह न्यूनीकरणका लागि मतदान भएको हो ।

मालिकार्जुन गाउँपालिकालाई आगामी २०८० सालभित्र बालविवाहमुक्त घोषणा गर्ने लक्ष्य रहेको छ । सोहीअनुरुप बालबिबाह न्यूनीकरणसम्बन्धी सचेतना प्रदान गर्न गाउँपालिकाका वडा नम्बर २,३ र ७ मा मतदान गरिएको बताइएको छ ।

मतदान गुड नेवर्स इन्टरनेशल नेपालको आर्थिक सहयोग, मालिकार्जुन गाउँपालिकाको समन्वय र सामुदायिक ग्रामीण विकास समाज नेपालको आयोजनामा गरिएको हो ।

मालिकार्जुन माध्यमिक विद्यालयमा भएको मतदानमा २ सय ५५ जनाको सहभागिता थियो । जसमा वालविवाहको पक्षमा २९ र विपक्षमा २ सय २५ मत खसेको छ भने एक मत बदर भएको छ ।

टिप्पणीहरू