टोपबहादुरले कानुन व्यवसायी राख्न समय मागेपछि सुनुवाई स्थगित

टोपबहादुरले कानुन व्यवसायी राख्न समय मागेपछि सुनुवाई स्थगित

नक्कली भुटानी शरणार्थी प्रकरणमा डिल्लीबजार कारागारमा रहेका एमाले नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले उच्च अदालत,पाटनमा दायर गरेको मुद्दाको सुनुवाई स्थगित भएको छ । 

न्यायाधीशद्वय केशवप्रसाद बाँस्तोला र दिपककुमार खरेलको संयुक्त इजलासमा मुद्दाको पेशी चढेकोमा उनकै निवेदनले स्थगित भएको हो । उनले कानुन व्यवसायी राख्न समय माग्दै निवेदन दिएको उच्चकी सूचना अधिकारी पार्वती हितानले बताइन् । भनिन्,‘कानुन व्यवसायी राख्न समय पाऊँ भनेर निवेदन दिनुभएकाले आजको सुनुवाई स्थगित भएको हो ।’

रायमाझीले ‘मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४’ को दफा ७१ (१)(२) बमोजिम गरिपाऊँ’ भन्दै जिल्लामा रिट दायर गरेका थिए । तर, जिल्ला अदालतले मागबमोजिमको आदेश नदिएपछि उच्च आएकोमा मुद्दाको दर्ता नम्बर ०८२–एपी–०८६९ रहेको छ ।

गत पुस २५ गते गोपालप्रसाद बाँस्तोलाको एकल इजलासले कैफियत प्रतिवेदन माग र शुरु अदालतबाट मिसिल झिकाई पेश गर्न आदेश गरेको थियो ।

टिप्पणीहरू