एउटा पूर्व प्रधानमन्त्रीकाे ठाउँमा अर्का तयार
आगामी प्रतिनिधिसभाको निर्वाचनमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट उम्मेद्वार बन्ने भएका छन् । उनी प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेद्वार बन्न लागेका हुन् ।
त्यसका लागि भट्टराईले आन्तरिक गृहकार्य समेत थालिसकेको बुझिएको छ । ०७९ को निर्वाचनमा भट्टराईले उक्त क्षेत्र तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको लागि छाडेका थिए । तर त्यसयता प्रचण्ड र भट्टराईबीचको सम्बन्ध चिसिदै गएको छ ।
प्रचण्ड रुकुमबाट चुनाव लड्ने चर्चा भइरहेको बेला गोरखा क्षेत्र नम्बर २ मा भट्टराई आफै कस्सिएका हुन् ।
उक्त निर्वाचन क्षेत्रको लागि नेपाली कम्युनिष्ट पार्टीले लेखनाथ न्यौपाने र नेकपा (एमाले)ले मिलन गुरुङ उर्फ चक्रे मिलनलाई उम्मेद्वार बनाइसकेको छ । नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले भने उम्मेद्वार टुंगो लगाउन बाँकी देखिन्छ ।
टिप्पणीहरू