स्वागतमा सिसा चकनाचुर
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साहका समर्थकबीच धकेलाधकेल हुँदा जनकपुर विमानस्थलको प्रवेशद्वारमा क्षति पुगेको छ । रवि र बालेनलाई स्वागत गर्न समर्थकहरुको भीड लागेपछि विमानस्थल प्रवेश गर्ने सिसाको ढोका फुटेको हो ।
भोलि जनकपुरमा पार्टीले चुनावी सभा आयोजना गरेको छ । सोही सभालाई सम्बोधन गर्न रवि र बालेनसहितका नेताहरु आज त्यहाँ पुगेका हुन् । उनीहरुलाई स्वागत गर्न विमानस्थलमा समर्थकको अत्याधिक भीड लागेकाे र जर्बजस्ती विमानस्थल छिर्न खोजेपछि ढोका फुटेको बताइएकाे छ ।
टिप्पणीहरू