रास्वपा नेताहरूलाई भ्याइनभ्याइ
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह जनकपुर जाँदैछन् । दिउँसो काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका उनी केही बेरअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका हुन् ।
त्यसअघि उनी बनस्थलीस्थित पार्टी मुख्यालय पुगेर कार्यभार सम्हालेका थिए । त्यहाँ उनलाई सभपाति रवि लामिछाने, उपसभापति डिपी अर्याललगायतका नेताहरुले स्वागत गरेका थिए ।
आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने तयारी गरिरहेका बालेनले घण्टीघरमा भने केही बोलेनन् । उनले त्यहाँ घण्टी बजाएर नवनिर्मित कार्यकक्षमा करिव १० मिनेटमात्र बिताएकाे बताइन्छ ।
बालेन घण्टीघरबाट सिधै एयरपोर्ट गएका हुन् । जनकपुरमा भोलि हुने पार्टीको चुनावी सभाको लागि बालेन त्यता जान लागेका हुन् । उक्त सभामार्फत् बालेन पहिलोपल्ट सार्वजनिक मञ्चमा देखिन लागेका हुन् । सभालाई सम्बोधन गर्न सभापति रवि लामिछाने र प्रवक्ता मनिष झा पनि जनकपुर जाँदैछन् ।
टिप्पणीहरू