नेकपा छाडेर आजपातिर
पुष्पकमल दाहाल (प्रचण्ड) संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का एक दर्जन केन्द्रीय सदस्यले पार्टी परित्याग गरेका छन् । केन्द्रीय सदस्य विद्याप्रसाद शर्मा,राधेश्याम गुप्तालगायतले साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएका हुन् ।
नेकपाका वरिष्ठ नेता वामदेव गौतमको राष्ट्रिय एकता अभियानबाट नेकपामा जोडिएका उनीहरुले कतै पनि अवसर नपाएपछि पार्टी छोड्ने निर्णय गरेको बताएका छन् । राजीनामा पत्रमा भनिएको छ,‘हाम्रो अभियानबाट आएका साथीहरुमध्ये राष्ट्रिय सभा, समानुपातिक तथा प्रत्यक्षतर्फ एक जना पनि छनौट हुन नसकेकोले हामी सबै १२ जना असक्षम भएको महसुस भएकाले नैतिकताको आधारमा यस पार्टीमा रहिरहनु उपयुक्त नभएकोले सामूहिक राजीनामा दिई स्वतन्त्र बस्ने निर्णय गरेका छौं ।’
राजीनामा दिएकामध्ये दुई जना आज प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) प्रवेश गरेका छन् । शर्मा र गुप्तालाई अध्यक्ष साहले आज पार्टीमा भित्र्याएका छन् ।
टिप्पणीहरू