अर्थ मन्त्रालयको छलफलमा विदेशी राजदूत र दातृ निकायका प्रतिनिधि
अर्थमन्त्री रामेश्वर खनालसँग विभिन्न मुलुकका राजदूत र दातृ निकायका प्रतिनिधिहरुले संयुक्त छलफल गरेका छन् । बिहान ९ बजेदेखि एक घण्टासम्म भएको भेटवार्तामा आर्थिक सहयोगलगायत विषयमा छलफल भएको बताइएको छ ।
अर्थ मन्त्रालयका सचिव, सहसचिवहरुसमेत सहभागी छलफलमा नेपालका लागि फ्रान्सका राजदूत भर्जिन कोर्टवाल, जापानी राजदूत माएडा टोरु, अष्ट्रेलियाका राजदूत लिन जोन्सटन, दक्षिण कोरियाका राजदूत पार्क ताए योङ, नर्वेका राजदूत टोरुन ड्रामडालको उपस्थिति थियो ।
त्यसैगरी एसियाली विकास बैंक, आइएफसी, अन्तर्राष्ट्रिय श्रम संगठनका प्रतिनिधिहरु पनि छलफलमा सहभागी रहेको बताइन्छ ।
टिप्पणीहरू