दशैँ-तिहारपछि व्यवस्था उल्ट्याउने दुर्गा प्रसाईंको दाबी
आफूलाई राजावादी अभियन्ता भन्ने विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आन्दोलन घोषणा गरेका छन् । छठलगत्तै हरेक नेपालीको मन–मुटुबाट उठ्ने नयाँ आन्दोलन थाल्ने उनले उद्घोष गरे ।
आज सामाजिक सञ्जालमा एउटा स्ट्याटस लेख्दै प्रसाईंले जेन–जी आन्दोलनमाथि भएको विश्वासघात र नयाँ संविधानको लागि आन्दोलन गर्न लागिएको बताएका छन् । अब हुने आन्दोलनले मुलुकमा आमुल परिवर्तन ल्याउने उनको दावी छ ।
लेखेका छन्,‘आगामी दशैं–तिहार र छठ पर्वपछि नेपालीकै मन–मुटुबाट उठ्ने आन्दोलनले यो मुलुकलाई आमुल परिवर्तन गर्नेछ । नयाँ पुस्ताले आफ्नै हातले नयाँ संविधान लेख्नेछन्–जसमा भविष्यका पुस्ताको स्वाभिमान, नेपालीपन र राष्ट्रिय पहिचान झल्किनेछ ।’
त्यसैगरी, उनले आफू जन्मेको भूमिको आत्मासँग जोडिएको संविधान निर्माण नगर्दासम्म मुलुकमा रगतको खोलो बगिरहने जनाएका छन् ।
टिप्पणीहरू