दुुबै सदनको आजको बैठकमा शोक प्रस्ताव
प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बस्ने सूचनामा उल्लेख छ ।
यसअघि हिजोका लागि तय गरिएको बैठक संविधान सभा अध्यक्ष, पूर्व सभामुख तथा प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनका कारण स्थगित भएको थियो ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले नेम्वाङको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । आजै दिउँसो राष्ट्रिय सभाको बैठक पनि डाकिएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो २ बजेर ३१ मीनेटमा बैठक बस्ने जनाइएको छ ।
बैठकमा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
नेम्वाङको अहिले केहीबेरमा पशुपति आर्यघाटमा राजकीय सम्मानकासाथ अन्त्येष्टि गर्न लागिएको छ ।
टिप्पणीहरू