समाजवादी मोर्चाको आज हेटौंडा, भोलि विराटनगरमा घोषणा सभा

समाजवादी मोर्चाको आज हेटौंडा, भोलि विराटनगरमा घोषणा सभा

समाजवादी मोर्चाले आज मकवानपुरको हेटौंडामा बागमती प्रदेशस्तरीय घोषणा सभा गर्न लागेको छ । यसअघि मधेस, लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशमा सभा गरिसकेको मोर्चाले भोलि कोशीको विराटनगरमा घोषणा सभा राखेको छ ।

सभालाई प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायतले सम्बोधन गर्ने बताइएको छ ।

सुदूरपश्चिमको घोषणा सभा भदौ १३ गते राखिएकोमा हालसम्म स्थगित छ । आजको कार्यक्रममा समाजवादी मोर्चाको बागमती प्रदेश कमिटीको घोषणा गर्ने बताइएको छ ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले असार ४ गते समाजवादी मोर्चा गठन गरेका थिए ।

टिप्पणीहरू