'भ्यालेन्टाइन डे’ को अवसरमा एनआईसी एशियाको विशेष योजना

'भ्यालेन्टाइन डे’ को अवसरमा एनआईसी एशियाको विशेष योजना

एनआईसी एशिया बैंकले ‘भ्यालेन्टाइन डे’ को अवसरमा आफ्ना ग्राहकहरुका लागि ‘सेलिबे्रट लभ विद एनआईसी एशिया बैंक’ योजना सार्वजनिक गरेको छ ।  

बैंकले पहिलो पटक मोबाइल बैंकिङ्ग एप तथा डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्ने ग्राहकलाई लक्षित गरेर उक्त योजना सञ्चालनमा ल्याएको हो । भोलिसम्म सञ्चालन हुने यस योजनाअन्तर्गत बैंकको मोबाइल बैंकिङ्ग एप तथा डेबिट वा क्रेडिट कार्डबाट विभिन्न मर्चेन्टहरुमा सो बैंकद्वारा राखिएको क्यूआर कोड तथा पीओएस मेसिनमा पहिलो पटक कारोबार गर्ने ग्राहकलाई १४ प्रतिशत वा अधिकतम दुई सय रुपैयाँसम्म क्यासब्याक उपलब्ध गराइनेछ । 

यसरी कारोबार गर्नेमध्ये २० जना भाग्यशाली ग्राहकले भ्यालेन्टाइन डेको दिन अर्थात् फागुन २ गते तारे होटलमा आफ्नो साथीसँग डिनर खाने अवसर पाउनेछन् । काठमाडौं बाहिरबाट यस योजनामा समावेश भई डिनरको लागि छनौट हुने ग्राहकका लागि तारे वा सो सरहको होटलमा आकर्षक डिनरको व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।        
      
यस योजनामा मोबाइल बैंकिङ्ग एपमार्फत गरिने वालेट लोड, अन्य बैंक वा यसै बैंकको अन्य खातामा रकम स्थानान्तरणलाई मान्यता दिइएको छैन । डिजिटल कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ल्याएको यस योजनाबाट ग्राहकलाई भौतिक कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्न योगदान पुग्ने बैंकको विश्वास छ ।

टिप्पणीहरू