माछापुच्छ्रे बैंकको डेबिट कार्ड स्मार्टच्वाईस टेक्नोलोजिजमा आवद्ध

माछापुच्छ्रे बैंकको डेबिट कार्ड स्मार्टच्वाईस टेक्नोलोजिजमा आवद्ध

स्मार्टच्वाईस टेक्नोलोजिज र माछापुच्छ्रे बैंकबीच एमसीटी युपीआई डेबिट कार्ड सेवा सञ्चालन सम्बन्धी सम्झौता भएको छ । अब माछापुच्छ्रे बैंकका ग्राहकले एससीटी युपीआई डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्ने बताइएको छ ।

एससीटी युपीआई सञ्जालको प्रयोगबाट उक्त बैंकका ग्राहकले नेपाल तथा भारतभित्र एटीएम, पोस, इकमर्श जस्ता सेवा सजिलै लिन सक्नेछन् । सम्झौतामा स्मार्टच्वाईस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकका तर्फबाट प्रमुख डिजिटल बैकिङ्ग अधिकृत माधव सुवेदीले हस्ताक्षर गरेको बताइएको छ । 

सम्झौतापछि समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने दुबै संस्थाले विश्वास गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
 

टिप्पणीहरू