एनएमबि बैंकले ८.२५ प्रतिशत नगद लाभांश बाँड्ने

एनएमबि बैंकले ८.२५ प्रतिशत नगद लाभांश बाँड्ने

एनएमबि बैंकले आफ्नो २७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीको निम्ति  हाल कायम चुक्तापुँजीको ८.२५ प्रतिशत (करसहित) नगद लाभांश पारित गरेको छ । 

बैंकको २०७९ आषाढसम्म खुद नाफा ३ अर्ब २९ करोड, निक्षेप  १८६.४० अर्ब र कर्जा १८२.०९ अर्ब रहेको छ । बैंकका मुलुकभर २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टर छन् ।

बैंक सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा सम्पन्न साधारण सभामा बैंकका शेयरधनीहरुले धारणा राखेका थिए ।

टिप्पणीहरू