हेजिङ्ग सुविधा उपलब्ध गराउन चाहनेले १५ दिनभित्र प्रस्ताव पेश गर्नुपर्ने

हेजिङ्ग सुविधा उपलब्ध गराउन चाहनेले १५ दिनभित्र प्रस्ताव पेश गर्नुपर्ने

हेजिङ्ग सुविधा प्रदान गर्न चाहने वित्तीय संस्थालाई आफ्नो व्यवसायिक योजना पेश गर्न सरकारले आग्रह गरेको छ । अर्थमन्त्रालयले हेजिङ्ग सुविधा उपलब्ध गराउन चाहने संस्थालाई १५ दिनभित्र आफ्नो व्यवसायिक योजना वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा पेश गर्न अनुरोध गरेको छ । 

हेजिङ्ग नियमवली, २०७९ को नियम ६ मा हेजिङ्ग सुविधा प्रदान गर्ने संस्थाका रुपमा काम गर्न चाहनेले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी नेपाल सरकारको पूर्ण वा आंशिक लगानी रहेको पूर्वाधार विकास बैंक वा वाणिज्य बैंकमा अनुमति लिनुपर्दछ । 

साथै,आफ्नो व्यवसायिक योजनासहित मन्त्रालयमा प्रस्ताव पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।

टिप्पणीहरू