संसदीय समितिले पर्सि प्रतिवेदन सार्वजनिक गर्ने

संसदीय समितिले पर्सि प्रतिवेदन सार्वजनिक गर्ने

बजेट निर्माणका क्रममा करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोपमा पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको संसदीय समितिले शुक्रबार प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

आज सिंहदरबारमा बसेको समिति बैठकले प्रतिवेदन लेखनका बारेमा छलफल गरेको र भोली प्रतिवेदनलाई अन्तिम रूप दिएर शुक्रबार बुझाउने तयारी गरेको समितिका सचिव सुरेन्द्र अर्यालले बताए ।

समितिभित्र प्रतिपक्षी र सत्तारुढ सांसदहरुबीच दुईथरी मत रहेको भनिएका बेला अर्यालले भने प्रतिवेदनमा समान धारणा आउने दाबी गरे । तर, छलफलका क्रममा आएका फरक मतमा समेत सहमति खोजिने उनले बताए ।

टिप्पणीहरू