अमेरिकाले मागेको टापु नदिँदा मुलुकबाट लखेटिनुपर्यो : शेख हसिना
बंगलादेशकी निवर्तमान प्रधानमन्त्री शेख हसिनाले अमेरिकाको कारण देश छाड्नुपर्ने अवस्था आएको बताएकी छन् । अगष्ट ५ मा पदबाट राजीनामा दिएलगत्तै सैन्य विमानमा भारत पुगेकी हसिनाले पहिलो पटक मिडियासँग बोल्दै आफू देशबाट लखेटिनुको कारण विद्यार्थी आन्दोलन नभएको बताइन् ।
सेन्ट मार्टिन टापु र बंगालको खाडीमा अमेरिकाले आफ्नो एयरफोर्स राख्न चाहेको र तर आफूले नमानेको हसिनाको दाबी छ । भनिन्, ‘यदि मैले सेन्ट मार्टिन र बंगालको खाडी अमेरिकाको लागि छाडिदिएको भए म अहिले पनि सत्…