यस्तरी झर्कन मिल्छ र गुरु !
२०८१ असोज २ गते त्रिविको उत्तरपुस्तिका परीक्षणको लागि भनेर मैले पत्रकारिता अध्यापन गरिरहेको कलेजबाट सिफारिस पत्र, एमए (पत्रकारिता) को सर्टिफिकेट, मार्कसिट र नागरिकता र एकप्रति फोटोसहित बल्खुस्थित सामाजिक शास्त्रको गोप्य शाखामा गएँ । त्यहाँका प्रमुख पवन बराल सरले पत्रकारिताको केन्द्रीय विभाग प्रमुख डा. कुन्दन अर्याललाई तोक लगाएर ल्याउनु भन्नुभयो । म बल्खुस्थित नवनिर्मित क्यामेरा भवनमा रहेको पत्रकारिता केन्द्रीय विभागमा करिब दिउँसो साढे एक बजेतिर पुगेको थिएँ । त्यहाँका कर्मचारी मित्…