टेरामक्स अन्तिम, पोखरा शून्य
नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा अख्तियारबाट छानबिन टोलीको प्रतिवेदन बुझाउने तयारी करिब–करिब अन्तिम चरणमा पुगेको बुझिएको छ ।
यसबीच, नागरिक उड्डयन प्राधिकरणका डिजी प्रदीप अधिकारीविरुद्ध पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा करोडौं रकम घोटाला गरी राष्ट्रघात गरेको आरोप लागे पनि उनीविरुद्धको छानबिनलाई अख्तियारले अझै टुंग्याउन सकेको छैन ।
स्रोतका अनुसार भ्रष्टाचारविरोधी निकायका अधिकृतहरूले अधिकारीकी श्रीमती नेपाली सेनामा कार्यरत रह…