खेलकुद

टस जितेर ब्याटिङ गरिरहेको नेपालको खराब सुरुवात, भुर्तेल शुन्यमै आउट

ओमानको अल अमिरात क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको नेपालले खेलको पहिलो ओभरको दोस्रो बलमा एक विकेट गुमाउँदै खराब सुरुवात गरेको हो । नेपालका लागि ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल दुई बल खेल्दै शुन्यमा पेभिलिएन फर्किएका छन् । भुर्तेललाई ओमनका बलर बिलाल खानले सुरज मार्फत् क्याच गराउँदै पेभिलिएन फर्काएका हुन् । पहिलो ओभर मेडनसहित एक विकेटमा खेलेको नेपालले चौथो ओभर सकिँदा १४ रन जोडेको छ ।

Page 21 of 23