जनकपुरको अपराजित यात्रामा ब्रेक लाग्दा सुदूरपश्चिम शीर्षमा
नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्स सूदुरपश्चिम रोयल्ससँग पराजित भएको छ । लगातार चार खेल जितेको जनकपुरले आज भएको पाँचौं खेलमा पहिलो हार व्यहोरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै दिएको १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा सबै विकेट गुमाएर मात्र ५१ रनमा समेटियो । जारी एनपीएलमा यो सबैभन्दा कम स्कोर हो ।
जनकपुरलाई सस्तैमा रोक्न सुदूरपश्चिमका हरमित सिंह, ईशान पाण्डे र कप्तान दीपेन्द्रसिंह ऐरीले समा…