बडी बिल्डिङ्गका पदक विजेतालाई बालुवाटारमा सम्मान

बडी बिल्डिङ्गका पदक विजेतालाई बालुवाटारमा सम्मान
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले पन्ध्रौं विश्व बडी बिल्डिङ्ग एण्ड फिजिकल स्पोर्टस् च्याम्पियनसिप, २०२४ मा पदकप्राप्त नेपाली खेलाडीलाई सम्मान गर्नुभएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बोलाएर उहाँले आज खेलाडीहरुलाई बधाईं तथा सम्मान व्यक्त गर्नुभएको हो । 

५ देखि ११ नोभेम्बरसम्म माल्दिभ्समा भएको प्रतियोगितामा सहभागी नेपाली टोलीले दोस्रो स्थान हासिल गरेको छ । विभिन्न तौल समूह र विधामा खेलाडी रुपेश शाही, प्रज्वल शाक्य, रजनी शाक्य र सोनाम मूलगुठी दोस्रो भएका हुन् । 

खेलाडीहरुलाई बधाईं दिँदै प्रधानमन्त्री ओलीले सो खेललाई राज्यको तर्फबाट आवश्यक सहयोग हुने प्रतिबद्धता जनाउनुभएको छ । नेपाल शारीरिक संगठन तथा फिटनेस महासंघका अध्यक्ष राजेशबाबु श्रेष्ठले उक्त खेलले पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने बताउनुभयो । 

सरकारले यस खेललाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ ।

टिप्पणीहरू