रोचक प्रसङ्ग

होली पर्व र प्रधानमन्त्रीको टी शर्ट

आज फागु पूर्णिमाको दिन । सद्भावको निम्ति विभिन्न रंग एक आपसमा दलेर होली खेलिन्छ । आज मुलुकको राजधानी काठमाडौंलगायत पहाडी जिल्लामा फागु पूर्णिमा मनाइन्छ भने भोलि तराई र मधेशका जिल्लामा फागुखेलिन्छ । फागु पूर्णिमाको दिन मुलुकभर सार्वजनिक बिदा दिने चलन छ ।  होलीको प्रचलन भगवान कृष्णभन्दा पनि अघिदेखि हुँदै आएको हिन्दू धर्ममा वर्णन गरिएको छ । त्यो बेला कृष्णले राधा र गोपिनीहरूसँग खेलेको होलीको वर्णन धार्मिक ग्रन्थमा गरिएको छ । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको गुणगान गाउँदै …