फोहोरबाट मोहोर बनाउने भण्डारीको मल हारालुछ

फोहोरबाट मोहोर बनाउने भण्डारीको मल हारालुछ

रुपन्देहीको सैनामैना नगरपालिका–८,बाँसगढी निवासी किशोर उमेरका शिबु भण्डारी फोहोर,झारपात र गोबरबाट प्रांगारिक मल बनाई कृषि व्यापारमा लागेका छन् । ५० रुपैयाँ प्रति किलोमा उनले बनाएको मल कारखानाबाटै बिक्न थालेको छ ।

सुरुवाती चरणमा नगरपालिकाका विभिन्न ठाउँमा डस्ट्बिनहरु राखी फोहोरबाट मोहोर बनाउन सकिने सन्देश प्रवाह गर्दै आएका उनी स्थानीय तहबाट भने सोचेजति साथ नपाएको बताउँछन् ।

नेपाल बाल क्लब संघको अध्यक्ष समेत रहेका उनी घरायसी फोहोर,सडेर जाने वस्तुहरु,गोबर, माटोलगायतको सम्मिश्रणबाट मल बनाउँदा वातावरण प्रदुषित नहुने र कृषि उत्पादनमा टेवा पुग्ने, प्राङगारिक मल बनाएर फोहोरबाटै आम्दानी गर्न सकिने बताउँछन् ।

भण्डारीले जिबी प्रांगारिक मल उत्पादन उद्योग दर्ता गरी मल बनाउन थालेका हुन् । आफ्नो घरलगायत नगरका अन्य ५० घरको जैविक फोहरहरू, पातपतिङ्गर जम्मा गरी गोबर मल किनेर फोहोरबाट मल बनाउन उनले चितवनबाट गँड्यौला समेत खरिद गर्ने गरेको बताउँछन् । गँड्यौलाको सहयोगमा उनले गँड्यौले मलसमेत उत्पादन गर्न थालेका छन् ।

टिप्पणीहरू