सल्लाघारीमा एमालेको पत्रकार सम्मेलन
नेकपा एमालेले एघारौँ महाधिवेशनको तयारीका सम्बन्धमा जानकारी दिन पत्रकार सम्मेलन गरेको छ ।
आज अपराह्न महाधिवेशन उद्घाटनस्थलमै पत्रकार सम्मेलन गरिएको हो । स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, नेता राजन भट्टराईलगायत सम्मेलनमा उपस्थित छन् ।
एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन भोलि उद्धघाटन हुँदैछ । तीन दिनसम्म चल्ने महाधिवेशनको उद्धघाटन समारोह भक्तपुरको सृजनानगरस्थित खुला चौरमा गर्ने कार्यक्रम छ ।
टिप्पणीहरू