मुसाको मस्ती

राष्ट्रपति कार्यालय र सरकारी निवासमा मुसाको बिगबिगी बढेपछि नाइजेरियाका राष्ट्रपति मोहमुद बुहारीले निजी निवासबाटै कामकाज चलाउन शुरु गरेका छन् । तीन महिना लामो ब्रिटेन बसाइपछि स्वदेश फर्केका उनले कार्यालय र निवासका सम्पूर्ण कागजात तथा फर्निचर मुसाले खाएको पाएपछि निजी निवासलाई नै राष्ट्रपति कार्यालय बनाएका हुन् । बुहारी प्रोस्टेट क्यान्सरका रोगी छन् । तर स्वास्थ्यको कारण देखाइ विपक्षीले राजीनामा माग्न थालेपछि ‘रोगी होइन’ भन्न थालेका छन् । 

टिप्पणीहरू