मान्छे बितिसके,कारोवार चालु

मान्छे बितिसके,कारोवार चालु

कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले इजाजत खारेज र सम्झौता रद्द गरिएको सम्बन्धमा सूचना प्रकाशन गरेको छ । समितिले पसल नं. २७ र पसल नं. ६५ को इजाजत रद्द गरेको हो ।

पसल नं.२७ सञ्चालन गर्दै आएका कृष्णभक्त श्रेष्ठ र पसल नं. ६५ को खुद्रा स्टलमा कार्यरत कालिकादेवी खड्काको मृत्यु भएको लामो समयसम्म हकदारबाट मागदावी नआएको र अनुगमन गर्दा नजिकको हकदारले कारोबार गरेको नपाईएकाले बजार बिकास तथा सञ्चालन नियमावली २०६० को नियम ८(५) र समितिको मिति २०७७/१२/३ गते बसेको बैठकको निर्णयअनुसार इजाजत खारेज गरी सम्झौता रद्द गरेको जनाएको छ ।

टिप्पणीहरू