पाठकपत्र

गडबड नगरौं न गुरु

मानसिंह धर्म मावि तारकेश्वर–१० काठमाडौंका प्राचार्य विनोद पण्डितले सामुदायिक विद्यालयलाई निजी सम्झी मनपरी सञ्चालन गर्दै आएका छन् । भीमार्जुन आचार्यजस्ता वकिलले मेरो पक्षमा वकालत गर्छन् भन्दै फूर्ति लगाउने उनले आईजी प्रकाश अर्याल फुपूको छोरो भएकाले पुलिस–प्रशासनको डरधम्की दिन पछि पर्दैनन् । स्कुलमा पण्डितको मनोमानी बढेपछि अख्तियारले छानबिन गर्न परिपत्र गरेको छ । जिशिकाले तीन सदस्यीय समिति नै बनाई १३ किसिमको कागजात मागेको छ तर पण्डितले कहिले परीक्षा त कहिले अरु काम छ…