​अरूका सन्तान मार्दा आफैंलाई आपत

आर्मी स्कुलमा नयाँ भर्ना खुलेको छ । कर्साबले बच्चाको खानाबाट पैसा कमाउन लागेका छन् । सेनाले ठूलो रकम स्कुल सञ्चालन गर्न दिएको बुझिन्छ तर भ्रष्टाचार छ । रामशरण कार्की जर्साबले कमाए, एक मात्र छोरा माओवादी लडाइँमा बेपत्ता भयो ।

प्रयोग राणा कर्साबले कमाए छोरा दीर्घरोगी भयो । जितेन्द्र कार्की, प्रताप गुरुङले कमाए जर्नेल हुनै नपाई घर गए । । जीवन थापाले कमाए, रोग लागेर मर्ने अवस्थामा आफंै छन् । भूपाल कर्साबले चिफको पावर लगाएर हालसम्म १ करोड बढी कमाएका छन् । सबैलाई बुझाउनुपर्छ महिनाको १९ लाख नत्र टिक्न सकिँदैन भन्छन्, मेस सञ्चालन गर्नेले मात्र महिनाको २५ लाख, फलपूmल खरिद गर्नेले ५ लाख बुझाउन पर्छ ।

खाना किताब, खेलकुद निर्माण कुनै क्षेत्र बाँकी छैन, भ्रष्टाचार गर्न छाडेको । यसपालिको भर्नामा ५० हजारको दरले डोनेसन उठाउन भ्याएछन् । आपूm पनि खुस्केको रोगीजस्तो, श्रीमती अर्बुद रोगपीडित त्यही भएर कमाउँदै छन्, साना विद्यार्थी रुवाएर स्कुल हो कि हस्पिटल ? छानबिन टोली गएको थियो, भूपाल कर्साबले खुशी पारेर पठाउनुभयो । स्कुले साना विद्यार्थीको पढाइ बिगारेर भ्रष्टाचार गर्नु आफ्नो परिवारमा कल्पना नै गर्न नसकिने डरलाग्दो संकट निम्त्याउनु मात्र हो ।

– भुक्तभोगी क्यान्टिन मास्टरहरू

टिप्पणीहरू