​लेखाबाटै संसारलाई देखा

सेनाको नयाँ दरबन्दी मिलान हुँदा लेखा समूहका वरिष्ठ र विभिन्न महिलालाई बर्वाद पारी नाम कमाएका भुवन अधिकारी दुईतारे जर्नेल हुने भएपछि अधिकृतहरु तीनछक परेका छन् । कुनै तालिम नै नगरेका, इजरायल अब्जर्भर जाँदा ड्राइभिङ र अंग्रेजी परीक्षामा फेल भई फर्किएका अधिकारीले मकवानपुरकी एक महिलालाई सीमा लजमा लगी बलात्कार गरेको उजुरीउपर कारबाही सट्टा उल्टै प्रमोशन पाएर आर्थिक विभागमा हालीमुहाली गर्न सफल भए । कार्यालयभित्रै महिला अधिकृतसँग रंगेहात पक्रँदासमेत पुरस्कृत भए ।

अहिले परिवार छाडी सेनाकै अधिकृतसँग बाहिरै घर बनाएर बस्न थालेका छन् । डाक्टर छोरीको बिहे साङ्लेखोलातिरका डा. कुँवरसँग हुँदा कन्यादानमा समेत आउन आनाकानी गरेपछि उनलाई जबर्जस्ती ल्याउनुपरेको देखेर तनहुँका अधिकारी दाजुभाइ अचम्मित भए । क्षेत्रप्रताप अधिकारीको पालामा साझा प्रकाशनको लेखापालबाट छिरेका यिनको अहिलेको प्रगति देख्दा सबैले जीब्रो टोक्छन् ।

त्यस्तै लेखा महासेनानी धु्रव खत्री पनि परस्त्रीप्रेममा चुर्लुम्म डुबेका छन् । छोराछोरीको बिहे भइसकेका खत्री तीन–तीन जना तरुनी छोरी भइसकेकी लाहुरेकी श्रीमतीसँग खुल्लमखुल्ला प्रेममा डुबेका छन् । गत साता अमेरिकाबाट आएका छोराको बिहे सेनाकै खानदानी अफिसर हिमालय खत्रीकी छोरीसँग भयो । तर, आफैँ भने बिरामी भएको बहाना गर्दै छोराको बिहेमा समेत गयल भए । सेनाका लेखा अधिकृतले दुई–तीनवटा बिहे गर्नैपर्ने रहेछ कि क्या हो भन्ने चर्चा छ ।

– जर्नेलको नजरमा नपरेका युवतीहरू

टिप्पणीहरू