​म कुकुरलाई टोक्दिनँ

०७४ जेठ १० को जनआस्थामा प्रकाशित उजिरसिंह तामाङ लिखित पाठकपत्र ‘आफूले नपाउँदा अन्तरघात’ शीर्षकको पाठकपत्रप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य तथा पार्टीको एक इमान्दार सिपाहीको हैसियतले म के स्पष्ट पार्न चाहन्छु भने मैले बेलकोटगढी नगरपालिकाको मेयरमा कहिल्यै दाबी नगरेको र पार्टीले उठाएको उम्मेदवार जगत् गुरुङलाई आफूले सक्दो सहयोग गरेको हुँ । मलाई पार्टीले ककनी गाउँपालिकामा खटाएको भए पनि बिरामी हुँदाहुँदै म २÷३ दिन त्यहाँ खटेर मतदान गरेको तथा अन्य मतदातासँग पनि मत मागेर हिँडेको विदितै छ ।  

पञ्चायतकालमा म जिल्ला उपसभापति भए पनि वामप्रगतिशील विचारप्रति सधंै आस्थावान रहेको जगजाहेर छ । उक्त पाठकपत्रलाई म छोटकरीमा ‘रेबिज लागेको कुकुरले आफूलाई टोक्यो भन्दैमा आफू पनि सँगै टोक्न जाने होइन, उपचार गर्न जाने हो’ भन्ने तथ्यसँग जोड्न चाहन्छु । यसलाई बाँदरे प्रवृत्ति भन्न चाहन्छु ।

  • रामचन्द्र ढुंगाना

टिप्पणीहरू