रवि लामिछानेलाई गृहमन्त्री नबनाएकोमा जनमोर्चा खुशी
राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गृहमन्त्री नबनाएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रशंसा गरेको छ । लामिछानेको नाम उल्लेख नगरी उसले अमेरिकाबाट सञ्चालित व्यक्तिलाई पुन: गृहमन्त्रालयको जिम्मेवारी नदिन प्रधानमन्त्रीले लिएको अडान प्रशंसायोग्य रहेको बताएको हो ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसहितका नेताहरुले आज बालुवाटार पुगी प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा मुलुकमा इसाईकरण बढ्दै गएकोप्रति चिन्तासमेत जनाइएको…