सत्ता समीकरणमा आएकै हो त संकट ?
राष्ट्रपति र गृहमन्त्रीमा माओवादी केन्द्रको अडानले विश्वासको संकट गहिरिएकै थियो, यतिबेलै सुदूरपश्चिम सरकार कांग्रेसको पोल्टामा पुगेपछि दुई महिना नपुग्दै सत्तारुढ गठबन्धनमा किचलो बढेको छ । पुस २६ गते कांग्रेसले सरकारलाई विश्वासको मत दिएपछि बढेको अविश्वास राष्ट्रपति निर्वाचनसम्म पुग्दा समीकरण नै उल्टिएर राजनीतिले अर्को कोर्ष समात्ने कतिपयका आशंकालाई सुदूरपश्चिमको विग्रहले बल पुर्याएको छ । फलतः माओवादीको भोटबाट ‘खल्ती’ को उम्मेदवारलाई राष्ट्रपति जिताउन निरन्तर बाल…