लुम्बिनी प्रदेश सरकारमा जसपा सहभागी

लुम्बिनी प्रदेश सरकारमा जसपा सहभागी

लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी सहभागी हुने निर्णय गरिएको छ । पार्टीको तर्फबाट मन्त्रीहरुको भोलि शपथग्रहण हुने बताइएको छ ।

भोलि बिहान बस्ने प्रदेश समितिको पदाधिकारी बैठकले मन्त्रीको नाम तय गर्ने अध्यक्ष अशोककुमार यादवले बताए । जसपाले भण्डारीलाल यादवलाई मन्त्री बनाउने सम्भावना प्रवल छ । जसपाले कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउने सहमति भइसकेको छ ।

लुम्बिनी प्रदेश सभामा जसपाका तीन जना सांसद छन् । सरकारमा एमालेका मुख्यमन्त्रीसहित पाँच, नेकपा माओवादी केन्द्रका तीन, जनमत र राप्रपाका एक एक जना मन्त्री छन् ।

टिप्पणीहरू