राजनीति

प्रधानमन्त्री धनगढीको गेटा मेडिकल कलेजमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढीको गेटा मेडिकल कलेज पुग्नुभएको छ । उहाँ बिहान काठमाडौंबाट ३४ जनाको टोली लिएर त्यता जानुभएको हो ।  हिजो बालुवाटारमा गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो शहीद दशरथचन्द विश्वविद्यालयका रूपमा विकास गर्ने बताउनुभएका प्रधानमन्त्री आज त्यहाँ पुग्नुभएको छ । आज प्रधानमन्त्री कैलाली र कञ्चनपुरमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुनुहुने बताइएको छ । प्रधानमन्त्रीको टोली सेनाको विमानमा धनगढी गएको हो ।  

Page 758 of 921