गठबन्धनको बैठकमा दुई दल गएनन्

गठबन्धनको बैठकमा दुई दल गएनन्

राष्ट्रपति र गृहमन्त्रीको रसाकस्सीले सरकारको नेतृत्वकर्ता माओवादी र गठबन्धनको सबैभन्दा ठूलो दल एमालेबीच अविश्वास बढेको भनिएका बेला सत्ता साझेदार दुई दल गठबन्धनका बैठकहरुमा जान छाडेका छन् । नागरिक उन्मुक्ति र जनमत पार्टीले गठबन्धनको पछिल्ला बैठक 'बहिस्कार' गरेका हुन् । 

गठबन्धन छोडेको औपचारिक घोषणा नगरे पनि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा दुबै दलले उपस्थिति नजनाएपछि गठबन्धनको किचलो थप चर्किएको अनुमान गरिएको छ । नागरिक उन्मुक्तिले विश्वासको मत नदिँदा सुदूरपश्चिम प्रदेशमा एमाले नेतृत्वको गठबन्धन सरकार एक महिनामै ढलेर सरकारको नेतृत्व कांग्रेसले पाएको छ । यससम्बन्धमा समेत छलफल गर्न आज बसेको संयन्त्रको बैठकमा पनि यी दुई दलका प्रतिनिधि गएनन् । 

अस्ति शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा पनि जनमत र उन्मुक्ति पार्टीका प्रतिनिधि सहभागी थिएनन् ।  आजको बैठकमा संयन्त्रका संयोजक केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनमात्रै सहभागी छन् ।

टिप्पणीहरू