झलनाथ खनाल सिमरा हुँदै पटना जाने

झलनाथ खनाल सिमरा हुँदै पटना जाने

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल आज भारतको पटना जान लाग्नुभएको छ । भारतीय कम्युनिस्ट पार्टीको सम्मेलनमा सहभागी हुन उहाँ सिमरा हुँदै पटना जान लाग्नुभएको बताइएको छ ।

उहाँ काठमाडौंबाट सिमरासम्म विमानमा र त्यहाँबाट रक्सौल हुँदै सडकमार्गबाट पटना जाने जानकारी दिइएको छ । त्यसको निम्ति उहाँ बुद्ध एयरको उडानबाट साढे ११ बजे सिमरा प्रस्थान गर्नुभएको हो ।

दुई दिनको पटना बसाईमा उहाँले भारतीय कम्युनिष्ट पार्टी, अन्य वामपन्थी र समाजवादीका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको खनालको सचिवालयले जनाएको छ ।
 

टिप्पणीहरू