मोदीसँग गहन कुराकानी भयो - प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटमा दुई देशबीच विगतमा भएका सहमति तथा सम्झौता कार्यान्वयनबारे छलफल भएको बताउनुभएको छ ।
भारत भ्रमण सकेर स्वदेश फर्किएसँगै आज साँझ त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सो जानकारी दिनुभएको हो । भ्रमणका दौरान नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा मोदीसँग भेटवार्ता भएको र त्यसक्रममा द्विपक्षीय हित र चासोका विषयमा गहन कुराकानी भएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।
…