अर्थमन्त्रीले निर्धा सांसदलाई पेलेको अमरेशकुमारको आरोप
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पहुँचवालाको प्रभावमा अर्थमन्त्री वर्षमान पुनले बजेट विनियोजन गरेको आरोप लगाएका छन् । केही व्यापारीहरुको इन्ट्रेस्टमा अर्थमन्त्रीले बजेट बनाएकोसमेत उनले दाबी गरे ।
आज प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिंचाई र अर्थ मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै सांसद सिंहले बजेट निर्माण प्रक्रियामा अर्थमन्त्रीको भूमिकाप्रति प्रश्न उठाएका हुन् । माओवादी केन्द्रका ३२ जना सांसदलाई केन्द्रीत गरेर बजेट वि…