‘प्रधानमन्त्रीकी छोरी,आशंका अनेक थरि
मुलुकको अर्थतन्त्र अहिले पनि समस्यामै छ । मन्दी अझै हटेको छैन । सामान्य भाषामा यो अवस्था भनेको सरकारसँग स्रोत अर्थात पर्याप्त रकम अभाव हो । यसबीच सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट सार्वजनिक गरिसकेको छ । संवैधानिक व्यवस्थाअनुसार अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गर्नुभएको छ । राजश्वबाट १२ खर्ब ६० अर्ब ३० करोड र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड स्रोत जुटाउने लक्ष्य छ ।
…