विनोद चौधरीको हल्लै बढी,काफ्लेभन्दा ११ सय जना पछाडि

विनोद चौधरीको हल्लै बढी,काफ्लेभन्दा  ११ सय जना  पछाडि

विवादास्पद व्यापारी तथा नेपाली काँग्रेस सांसद विनोद चौधरीले फेरि अर्को एउटा हल्ला गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा प्राप्त निम्तोलाई उनले ‘आफूलाई मात्र प्राप्त सम्मान’को अर्थमा प्रचार गरेका हुन् । 

उनले हिजो नयाँ दिल्लीमा आयोजित शपथ ग्रहण समारोहमा नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सरकारी तहमा र आफूलाई व्यक्तिगत सम्बन्धको आधारमा निम्तो प्राप्त भएको हिसाबले प्रचार गरेका थिए । सामाजिक सञ्जालमा निम्तो कार्ड सार्वजनिक गर्नुको अर्थ त्यही थियो । हिजो पौने ५ बजे सामाजिक सञ्जालमा कार्ड राखेर उनले व्यक्तिगत रुपमा प्रधानमन्त्री मोदी र उनका मन्त्रीहरुलाई बधाई दिन लागेको उल्लेख गरेका थिए ।

तर, उनले जस्तै भारतीय प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा उपस्थित हुन पत्रकार परशुराम काफ्लेलगायत धेरै जनाले निम्तो पाएका थिए । निम्तोको प्राथमिकतालाई केलाउँदा चौधरीको निम्तो नम्बर ९५९१ नम्बर हो भने काफ्लेको ८४५३ नम्बर छ । चौधरीभन्दा झण्डै ११ सय जना अगाडि काफ्लेलाई निम्तो पठाइएको स्वतः पुष्टि हुन्छ । दुबैको कार्डमा क्याटगोरी ‘भी ३’ अर्थात भिआईपी तेस्रो दर्जाको जनाइएको छ । 

यता छोरा निर्वाण चौधरीले भने हिजो दिउँसो सामाजिक सञ्जालमा पुरानो फोटो राखेर प्रधानमन्त्री मोदीलाई बधाई दिएका थिए । पाँच वर्षअघि दिइएको बधाईको फोटोमा विनोदका अर्का छोरा पनि देखिन्छन् ।

टिप्पणीहरू