केपी ओलीद्वारा प्रचण्डलाई हटाउन पर्नुको सप्रसङ्ग ब्याख्या
शंकर पोखरेलबाहेक पार्टीका अरु कसैलाई पनि थाहा पत्तै नदिई रातारात नयाँ सत्ता समीकरण बनाउनुभएका एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले यसो गर्नपर्नाको कारण खोल्नुभएको छ ।
अस्ति मध्यराति शेरबहादुर देउवासँग आलोपालो प्रधानमन्त्रीसहित संविधान संशोधनलगायत विविध विषयमा आफूले गरेको सहमति अनुमोदन गराउन हिजो अपरान्ह बसेको सचिवालय बैठकमा उहाँले विकसित राजनीतिक परिस्थितिबारे जानकारी गराउनुभएको हो । बैठकमा झण्डै दुई घण्टा लामो मन्तव्य राख्नुभएका ओलीले त्यस क्रममा प्रचण्डकै गतिवि…