उपेन्द्रको मुद्दा फेरि लम्बियो
जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनविरुद्ध उपेन्द्र यादवले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा आज 'हेर्न नमिल्ने'मा परेको छ ।
न्यायाधीश कुमार रेग्मी, तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको पूर्ण इजलासमा आज पेशी तोकिएको मुद्दा हेर्न नमिल्ने भएसंगै सुनुवाई स्थगित भएको छ । यसअघि गम्भीर संवैधानिक व्याख्याको विषय देखिएको भन्दै संयुक्त इजलासले मुद्दा पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो ।
जसपा नेपाल विभाजन गर्न अशोक राईसहितका सांसदले दिएको निवेदनअनुसार निर्वा…