पोखरा हिंडेका गृहमन्त्री टावरमा
गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षण गरेका छन् ।
पोखरा जाने पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत बिहान विमानस्थल पुगेका उनले छड्के निरीक्षण गरेका हुन् । गृहसचिव गोकर्णमणि दवाडीसहित सुरक्षाकर्मीको टोली लिएर बिहान साढे ७ बजे गृहमन्त्री एयरपोर्ट पुगेका थिए । त्यसक्रममा उनले अध्यागमन र कन्ट्रोल रुमको अवलोकन गरेको बताइएको छ।
गृहमन्त्री लेखकसहितको टोलीलाई अध्यागमन अधिकृतले स्वागत गरेका थिए । पौने घण्टासम्म कुर्दा पनि अध्यागमन प्रमुख सुरेश…