क्याविनेटको निर्णय सुनाउँदै ‘झोले’को बखान
सरकारको प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो पार्टी एमालेका कार्यकर्ताले झोले हुनुमा गर्व गर्नुपर्ने बताउनुभएको छ । एमालेको झोले हुनुमा आफूले पनि गर्व महशुस गरेको उहाँको भनाइ छ ।
आज मन्त्रालयमा क्याविनेटको निर्णय सुनाउँदै मन्त्री गुरुङले पार्टीमा धेरै छलफल र अध्ययनपछि ‘झोले’ शब्द प्रयोग गरेर अभियान चलाइएको बताउनुभयो ।
‘चलनचल्तीको भाषामा यो झोले भन्या कस्तो झोले रैछ भन्ने हुन्छ, झोल खानेलाई पनि झोले भनिन्छ, …