‘गोली चलाउने आदेश दिएको छैन’
भदौ २३ गतेको प्रदर्शनमा आफूले गोली प्रहार गर्ने कुनै आदेश नदिएको तत्कालीन गृहमन्त्री रमेश लेखकले बताएका छन् । भदौ २३ र २४ गतेको घटना जाँचबुझ आयोगमा बयान दिएपछि उनले जानकारी गराएका हुन् ।
सिंहदरबारस्थित नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले त्यो दिन आफूले कुनै पनि किसिमको लिखित वा मौखिक निर्देशन नदिएको बताए । ‘गृह मन्त्रालयबाट त्यस्तो आदेश गएको भन्ने आरोप निराधार हो,’ उनले भने ।
टिप्पणीहरू