सुधनले बौद्धबाट उठाएर लगे कुलमानलाई

सुधनले बौद्धबाट उठाएर लगे कुलमानलाई

ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका हर्ताकर्ता कुलमान घिसिङलाई अपहरण शैलीमा बौद्धबाट कमलपोखरी पुर्याइएको छ । बौद्धको होटल अनुतारामा जारी केन्द्रीय कमिटीको बैठकबाट उनलाई सुधन गुरुङले आफ्नो गाडीमा राखेर भर्खरै त्यहाँ पुर्याएका हुन् । 

कुलमान समूह समानुपातिक उम्मेदवारको सूचीलाई अन्तिम रुप दिने तयारीमा व्यस्त भएको बेला रवि लामिछाने र बालेनको धेरै पटक फोन आएको बैठकमा सहभागी एक जनाले बताए । उनका अनुसार,फोनको कुनै रेस्पोन्स नभएपछि अकस्मात बैठकमा छिरेका हामी नेपालका सुधनले कुलमानको हात समाएर ढोग्दै ‘प्लिज, एक पटकलाई दाइ’ भन्दै लिएर गएको प्रत्यक्षदर्शीहरुले जनआस्थालाई बताए ।

‘सुधन आएर कुलमानको हात समाउँदै ढोगे । एकछिन कमलपोखरी जाउँ न दाइ भने । सुधनको आफ्नै गाडीमा हालेर लिएर गए । यसो हेर्दा अपहरण शैलीमा लगियो ।’

उज्यालो नेपालका एक जना नेता भन्छन्, ‘सुधन आएर कुलमानको हात समाउँदै ढोगे । एकछिन कमलपोखरी जाउँ न दाइ भने । सुधनको आफ्नै गाडीमा हालेर लिएर गए । यसो हेर्दा अपहरण शैलीमा लगियो ।’

कमलपोखरीस्थित एक फिल्म स्टुडियोमा बालेन र रविबीच हिजो बिहान ७ बुँदे सम्झौता भएको थियो । आज अन्तिम पटक तीन पक्षबीच एकताका लागि प्रयासका लागि कुलमानलाई त्यहाँ लगिएको अनुमान छ । 

 समानुपातिक उम्मेदवारको सूची बुझाउने अन्तिम दिन भएकाले उज्यालो नेपालका एक जना नेता कुपन लिएर निर्वाचन आयोगमा लाइनमा बसेको बुझिएको छ ।

टिप्पणीहरू