चीनमा देखिएको यस्तो चमत्कार
– रविना श्रेष्ठ
२०२४ मे १८ तारिख, छिमेकी मुलुक जनगणतन्त्र चीनको राजधानी शहर बेइजिङमा आएको नौ दिन भइसकेछ । विकासको चरमोत्कर्षमा पुगिसकेको बेइजिङलाई छाडेर उत्तर–पूर्वी किनारामा अवस्थित ग्वाङडोङ राज्यको चुहाइ शहरमा पदार्पण गरेको तीन दिन भयो । ३०० वटाभन्दा बढी द्वीपसमूह मिलेर बनेको, विश्व मानचित्रमा छुट्टै पहिचान र अस्तित्व रहेको, पूर्वाधार र मानव बसोबास धेरै भएको अनि उत्पादन र उत्पादकत्वको दृष्टिले धेरै अगाडि रहेको ठाउँ हो यो । जनघनत्व अधिक रहेको चुहाइ शहरमा…