रौतहटबाट इधरका माल उधर
तराईका अन्य जिल्ला झैँ रौतहटका विभिन्न नाकामा पछिल्लो समय तस्करी ह्वात्तै बढेको बताउन थालिएको छ । ठूला-साना नाकाबाट खुलेआम तस्करीमा गौर भन्सार कार्यालयका प्रमुख र जिल्ला प्रहरी कार्यालय रौतहटको संलग्नता रहेको गम्भीर आरोपसमेत लगाइएको छ ।
ती नाकाबाट भएको सुनदेखि नुनसम्मको तस्करीलाई सीमानामा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले नदेखेझैँ गरेपछि उक्त अवस्था उत्पन्न भएको हो । भारतीय सीमावर्ती नाकाहरू गौर,बेल बिछुवा,औरैया, रामपुरखाप,वनकुललगायतबाट पछिल्लो समय तीव्ररूपमा तस्कर…