मुकुललाई बिदा गर्नुअघि २४ घण्टे पुजी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई पार्टीबाट निकाल्ने तयारी गरेको छ । सभापति रवि लामिछानेविरुद्ध बोल्दै हिँडेको आरोपमा उनलाई स्पष्टिकरण सोधेर पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउन लगिएको हो ।
यसअघि महामन्त्रीबाट हटाउँदा पनि रास्वपाले ढकालसँग स्पष्टिकरण मागेको थियो । तर, चित्तबुझ्दो जवाफ नदिएको र उल्टै सभापतिमाथि अनेक आरोप र लान्छना लगाएको भन्दै आज बसेको केन्द्रीय समिति बैठकले पुन: स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
…